ठाटीकाँधले करार कर्मचारीको म्याद नथप्ने

  • ‘पुनः सोही पदमा नयाँ कर्मचारी राख्न नपर्ने भए गाउँपालिकाले गरेको निर्णय ठिकै हो, तर पहिलेको सरकारका पालामा राखिएका कर्मचारी विभिन्न बहानामा हटाएर नयाँ ल्याउँनु ठिक होइन, यो नियम विपरित छ पहिले नियूति गरिएका कर्मचारी विधिवत र नियम संगत छन्, यो राजनीतिकरण हो ।’
  • दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिकाले पुर्ववत स्थानीय सरकारले नियूक्ति गरेका करार कर्मचारीहरुको म्याद नथप्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै विभिन्न सात पदमा कार्यरत करार कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको उल्लेख गरेको हो ।
    गाउँपालिकाले जारी गरेको सूचनामा प्राविधिक शाखाका सव–ईन्जिनियर र जिविसबाट हाजिर हुन आएका प्राविधिक कर्मचारी बाहेकका सबै कर्मचारी, पोषण शाखाका कर्मचारी, उद्यम विकास शाखा प्रमुख बाहेक सबै कर्मचारी, हलुका सवारी चालक सबै, ईलेक्ट्रिसियन कर्मचारी, सामुदायिक स्वास्थ्य एकाई प्याडुली इन्चार्ज र ज्यालादारीमा कार्यरत सबै कर्मचारीलाई साउन १ गतेदेखि कामकाज नगर्न पत्राचार गरेको उल्लेख गरिएको छ ।
    ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले तत्कालका लागि म्याद नथप्ने भनिएका कर्मचारीहरु विभिन्न पार्टीको झडा बोकेर चुनावमा होमीएको देखिएकाले कार्यपालिकाले उक्त निर्णय गरेको बताए ।
    ‘७ जना मध्ये कोही चुनावताका पार्टीको झण्डा बोकेर चुनावमा होमीएको देखिएकाले हटाउने निर्णय कार्यपालिकाले गरेको हो, सबैलाई पार्टीको झण्डा बोकेका पनि छैनन्, केही कर्मचारीले नियमित काम राम्रोसँग नगरेकाले म्याद नथप्ने निर्णय भएको हो’, अध्यक्ष शाहले भने ।
    उनले ठाटीकाँध गाउँपालिकाले यहाँको विकासका नागरिकका आवश्यक्ता अनुसार काम गर्ने बताए । हामीले चुनाव ताका ठूला नारा पनि लगाएका छैनौँ गर्न सकिने काम मात्र जनतालाई भनेका छौँ पाँच वर्षको अवधिमा यहाँको विकास र नागरिकका चाहना अनुसार अघि बढ्ने बताए ।
    यता, ठाटीकाँध गाउँपालिकाका पूर्व अध्यक्ष धिर बहादुर शाहीले पूर्व स्थानीय सरकारले विधिवत तरिकाले राखेका करार कर्मचारी हटाउँनु गलत भएको बताएका छन् । उनले सोही पदमा पुनः कर्मचारी नियूक्ति गर्नुपर्ने भए पुरानालाई हटाउनु राजनीतिक कारण भएको बताए ।
    ‘पुनः सोही पदमा नयाँ कर्मचारी राख्न नपर्ने भए गाउँपालिकाले गरेको निर्णय ठिकै हो, तर पुराना सरकारका पालामा राखिएका कर्मचारी विभिन्न बहानामा हटाएर नयाँ ल्याउनु ठिक होइन, यो नियम विपरित छ, राजनीति कारण हो’, पूर्व अध्यक्ष शाहीले भने ।
    उनले आफ्नो सरकारका पालामा करारमा राखिएका कर्मचारी कुनै पनि राजनीतिक दलका कार्यकर्ता नभएर क्षमता र विज्ञताका आधारमा छनोट गरिएको शाहीको बनाई छ । उनले अहिलेका स्थानीय सरकारका प्रतिनिधिहरु जनताको आवश्यक्ता, गाउँको विकास भन्दा पनि पूर्व सरकारले गरेका निर्णय उल्ट्याउन लागेको मात्र देखिएको बताए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार